देशको अस्थिरताका पछाडि देशमा राजनीतिक स्वार्थ, आर्थिक असन्तुलन र गुण्डा राज

पहिले देखि राजधानी लगायतका शहरहरुमा केही सीमित समुदायका मानिसहरू (जस्तै: हिमाली तिब्बती भोटे, मधेशी र केही गैर नेवारी) ले काठमाडौंमा गुण्डाराज चलाउँथे। आज तिनै मानिसहरू विभिन्न स्रोतबाट आर्थिक लाभ लिएर गैर-सरकारी संस्थाहरू (NGOs) तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (INGOs) सञ्चालन गरिरहेका छन्। कतिपयले समाज सुधारको नाममा अस्थिरता फैलाउने काम गरिरहेका छन्। उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरू राजनीतिक गतिविधिमा संलग्न भई व्यावसायिक तथा नीतिगत लाभ उठाइरहेका छन्। उनीहरुलाई जनता भडकाउने, सरकार ढाल्न, राजनैतिक अराजकता फैलाउन र नेताहरुको सुरक्षा दिन प्रयोग गरिन्छ।
मुलुक गणतन्त्रमा प्रवेश गरेको दुई दशक पुगिसकेको छ। तैपनि  नेपालमा ‘गुण्डा राज’ को स्वरूप पूर्ण रुपमा हटेको छैन मात्र बदलिएको छ तर त्यसको प्रभाव अझै पनि कायमै छ। हिजो सडकमा खुकुरी बोकेर आतंक मच्चाउने गुण्डाहरू आज सुट–बुटमा सजिएर राजनीतिक गतिविधि र सामाजिक कार्यक्रममा देखिन्छन्। उनीहरूको शक्ति र प्रभाव पहिलेभन्दा अहिले पनि उत्तिकै बढेको छ। अचम्मको कुरा त यो छ कि, तिनीहरूमध्ये कतिपय अहिले विभिन्न भातृसंगठन , स्थानीय तह वा प्रदेश सरकार र संघिय सम्म पुगिसकेका देखिन्छन। त्यसैले अब गुण्डागर्दीको शैलीमा परिवर्तन आईसकेको छ। 

राजधानी उन्मुख परिवर्तन र देशभर अस्थिरता 
नेपालका धेरैजसो समस्याको समाधान काठमाडौंमा खोज्ने गरिन्छ, जबकि देशको कुल जनसंख्याको ७-८% मात्र त्यहाँ बस्छन्। राजधानीमा खोजिएको समाधान र परिवर्तन प्रायः राजनीतिक सुख, गुण्डा नाइकेको शक्ति र ठूला व्यवसायीका अवसरहरूसँग मात्र जोडिएको देखिन्छ।
देशको राजधानी भए पनि, काठमाडौंले देशभरका सामान्य समस्याहरू मात्र देख्छ। दूरदराजका दैनिक जीवनका समस्या समाधान गर्न भने निकै गाह्रो हुन्छ। ती समस्याहरू केवल अवसरवादीहरूका लागि मात्र लाभकारी बनिरहेका छन्। नेपाल जस्तो देशमा संघ अथवा केन्द्रमा थुप्रै सुधार हुनु जरुरी छ। जसमा कार्यकारी सरकार, जहाँ जनताको आवाजको लागि सुनुवाई गर्ने निकायहरु, सुधारिएको आर्थिक भार कम भएका प्रशासनिक विभाजनहरु रस्वशासित तथा सुसम्पन्न स्थानीय तह हुन आवश्यक छ।

अहिलेको वर्तमान अवस्था र परिवर्तनको क्षणिक चाहनाले मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सक्दैन। क्षणिक स्वार्थका क्रान्तिले पुँजीवादी उन्मुख समाज त तयार होला, तर जनताको सरकार हुन सक्दैन। किनभने नेपालमा प्रायःजसो ठूला घरानाका सोच पनि पुँजीवादसँग जोडिएको हुन्छ, र उनीहरू माझ अराजकताको अस्त्रहरु पनि उपलब्ध छन्। त्यसैले, अहिले देशमा के भइरहेको छ र भित्री नेतृत्व कसले गरिरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ। देखिने राजनीतिक गतिविधिभन्दा भित्र अस्थिरता ल्याउने थुप्रै शक्तिहरू सक्रिय छन्।
पश्चिमी देशहरूको मोडलमा देशलाई चलाउने प्रयासले गर्दा अराजकता बढाइरहेको देखिन्छ। हाम्रो मौलिक भूगोल र संस्कृति भारतीय उपमहाद्वीपसँग जोडिएको छ। ब्रह्मपुत्रदेखि गंगाघाटसम्मका पुराना प्रशासनिक एकाइ र विभाजनहरू अपनाईएको भए हाम्रो परिवेशका लागि बढी उपयुक्त हुन सक्थे। नेपाललाई वैदेशिक हस्तक्षेप रहेको राजनैतिक प्रयोगशालाको अखडा हुन पुगेको छ।
विदेशी मोडलहरूको अन्धो नक्कल गर्नुभन्दा आफ्नै मौलिकतामा आधारित प्रणालीको विकास गर्नु आवश्यक छ। नेपालको ऐतिहासिक संरचनाहरूको अध्ययन गरी उपयुक्त प्रणाली विकास गर्नुपर्छ। यसबाट मात्रै नेपालले दिगो शान्ति र समृद्धिको बाटो पहिल्याउन सक्छ। हामीले हत्या, हिंसा र अराजकता फैलाएर होइन, सांस्कृतिक क्रान्ति ल्याएर विश्व मानचित्रमा नेपाललाई छुट्टै पहिचान दिन सक्नुपर्छ। परिवर्तन गर्न कम्तीमा ४ पुस्ते सोचाई अर्थात् १०० बर्षको योजना सहित कौटिल अभ्यासहरु तयार गर्न जरुरी हुन्छ। 

हामीले हाम्रो ईतिहास भुगोल बुझ्न जरुरी छ। हाम्रो इतिहासमा ४००-५०० वर्षभन्दा लामो समयसम्म राज्य सञ्चालन गर्न सफल भएका ऐतिहासिक संरचनाहरू बुझ्नु जरुरी छ। अमेरिकी, बेलायती वा युरोपेली प्रणालीहरू नेपालका लागि प्रयोगशाला मात्र हुन सक्छन्। ती प्रणालीहरूलाई यहाँ सफल बनाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ। हाम्रो आफ्नै माटो सुहाउँदो प्रणालीको विकास गर्नु नै देशको हितमा हुनेछ। यसबाट मात्रै हामीले दीर्घकालीन शान्ति, समृद्धि र स्थिरता हासिल गर्न सक्छौं।



नेपालको वर्तमान अवस्था निकै जटिल छ। देशले दिगो परिवर्तन चाहेको छ। भ्रष्टाचार विरुद्धका नाराहरूले मात्रै वास्तविक सुधार ल्याउन सक्दैन। जबसम्म जनता चेतनशील, परिवर्तनशील र एकीकृत हुँदैनन् तबसम्म समस्या यथावत रहन्छ। गुण्डाराजको नयाँ रूप र यसको राजनीतिक संरक्षणको अन्त्य हुनुपर्छ। भ्रष्टाचार र आर्थिक असन्तुलनले यसरी नै जरा गाड्छ। जनतामा विद्रोहको भावना जागे पनि यदी त्यसको गलत फाइदा उठाइन्छ भने सरकारमा नेतृत्व परिवर्तन मात्र हुन्छ, तर खासै सुधार हुँदैन। विकास भए पनि आर्थिक असन्तुलन यथावत रहन्छ। गरिब झन् गरिब हुन्छन् भुईमान्छे/ सर्वहारा वर्गको लागी नेतृत्व आकाशको फल सरह हुन जान्छ। त्यसर्थ परिवर्तन लोकतान्त्रिक हुनुपर्छ, समावेशी हुनुपर्छ, सबै धर्म समुदाय वर्गको हितमा हुनुपर्छ। परिवर्तनले जेष्ठ नागरिक, युवा अपांगता एव भावि पुस्तालाई मध्यनजर गरिनुपर्छ। हामीले हरेक कोणबाट देशमा शान्ति सुरक्षा, सुव्यवस्था, भ्रष्टाचार रहित , समृद्धिका योजनाहरु चाहनु पर्छ ।
 

Post a Comment

Previous Post Next Post