नेपालमा समाजवादी र साम्यवादी भन्ने नाममा बनेका सरकारहरूले दशकौं सम्म सत्ता सम्हाले पनि जनताको सरकार भने किताबमै सीमित रह्यो। सत्ता र शक्तिको खेलमा जनता बीचैमा हराए। विकास र समृद्धिको नारा मुखमा मात्र बाँकी रह्यो, तर काममा देखिएन। प्रतिनिधि सभा र प्रदेश सभामा संसदहरुले आफ्नो क्षेत्र र जनता प्रति अज्ञात नै भए व्यक्तिगत लाभ उठाउन मै ध्यान दिन्छन्। जनताका समस्याहरुका आवाज उठदा उनीहरु अनविज्ञ हुन्छन् तथ्य विपरीत भाषण गर्छन् अनपढ झै व्यवहार देखाउँछन्। जब कि एउटा संसद शिक्षित अशिक्षित जे जस्तो भएपनि आफ्नो क्षेत्र र जनताको आवाज राख्न सक्नुपर्छ हरेक कुराको स्वअध्ययन गर्न सक्नुपर्छ। प्रधानमन्त्री, मन्त्री र संसद भनेको अभिभावक भईरहदा उनीहरुले युवा पुस्ताका लागि के गरे प्रश्न धेरै छन्।
छिमेकी मुलुकहरू निरन्तर उद्योग, कृषि, शिक्षा, खेलकुद, स्वास्थ्य, विज्ञान र प्रविधिमा अघि बढ्दै गर्दा हाम्रो देश पछाडि धकेलिनु कारण जनता हैन निरुत्साहित गर्ने सरकार हो। यसको मूल कारण राजनीतिक अस्थिरता, १० वर्षे जनयुद्धको प्रभाव, अनि त्यसपछि भएका निरन्तर आन्दोलनहरूलाई दोषि देखाएर सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको छ।
भ्यू टावरजस्ता देखाउन मात्रका आयोजना बनाएर भ्रष्टाचार गर्ने, आवश्यकभन्दा बढी स्थानीय तह बनाएर बजेटको दुरुपयोग गर्ने, सरकारी गैरसरकारी संस्थान / पब्लिक कम्पनीहरु र सार्वजनिक संस्थानमा आफ्ना मान्छे नियुक्त गरेर लुटतन्त्र चलाउने, त्यही नियुक्ति नपाए संस्था नै बन्द गराउने प्रवृत्तिले मुलुकलाई कमजोर बनायो।
रासायनिक मलमा भ्रष्टाचार, ठेकेदारको चलखेलले विकासलाई अवरोध गर्ने, स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने, अनि व्यक्तिगत लाभका लागि संस्थागत ढाँचामै हस्तक्षेप गर्ने संस्कृतिले जनता दिनप्रतिदिन निराश छन्।
देशमा रोजगार हिन वातावरण बनाईयो निजामती कर्मचारी र वैदेशिक रोजगार बाहेकका अरु विकल्प सरकारले बनाउन सकेन।
स्वास्थ्य संस्था उपयुक्त छैनन् औषधि गर्न भारतका शहरमा धाउनुपर्छ, शिक्षा लिन गरिबले भारत नै धाउनुपर्ने हुन्छ ।
जनताको सरकार, जनताको विकास र जनताको समृद्धि भन्ने सपना अझै अधुरै छ समस्या अहिलेको राजनीति हो, राजनीतिक नेतृत्वमा रहेका विसं २००७ साल देखिका गणतन्त्र हुँदा सम्म अहिले सम्म संगठित भएका सबै हुन।
भन्नुस् अनि कहाँबाट समृद्ध भयो मूलुक १ खर्बमा बन्ने सम्पुर्ण संरचनामा भ्रष्टाचार १० खर्बको हुन्छ अनि प्रश्न उठाउदा आवाज दबाउने निरङ्कुश सरकार।।।।
यो दुई तिहाईको खोल ओढेको सरकारले युवाहरुलाई सडकमा आन्दोलितको कारण सामाजिक संजालको प्रतिबन्धले भन्ने मात्र बुझेको छ तर कुरा फरक छ किनभने यो भ्रष्टाचार गैरजिम्मेवार सरकार प्रति आफ्नो आवाज राख्ने पिडा सुनाउने माध्यम नभए पछी साच्चिकै अब सबैको संगठित आवाजले भएपनि सुनाउन यो आन्दोलन गरिएको हो। दमन जसरी गरे पनि दश वर्षे जनयुद्धमा तोकिएका टाउका मूल्यको अब बिना मूल्य सेलाउने छन्।
नयाँ व्यवस्थाको परिकल्पना आउनु जरुरी छ जहाँ लोकतन्त्रपूर्ण, भ्रष्टाचार रहित, भूईमान्छेहरु सर्वहारा वर्गको हक हितको लागी विकासवादी संरचना गठन हुने छ। आमजनताको हरेक समस्यालाई न्यायपूर्ण सामाधन गर्न सक्नेछ।